गाजा पट्टीमा इजरायलले निरन्तर आक्रमण गरिरहेको छ । बिहीबार मात्र ५० जना प्यालिस्टिनीको मृत्यु हुने गरी इजरायलले आक्रमण गरेको हो । गाजाका स्वास्थ्य अधिकारी तथा राहातकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले यो समारचार प्रकाशित गरेको छ ।>
गाजको एक अस्पतालका अनुसार उत्तरी गाजाको जबालिया शहरको बजारमा बिहान एक मिसाइल प्रहार भएको थियो । जसमा परी ९ जनाको मृत्यु भएको छ ।>
इजरायली रक्षा बल (आईडीएफ) ले जबालियामा हमास तथा उसका सहयोगी प्यालिस्टिनी इस्लामिक जिहादीको 'कमान्ड एन्ड कन्ट्रोल सेन्टर' मा आक्रमण गरेको जनाएको छ । यो स्थानलाई हमासले आक्रमणको योजना बनाउनका लागि प्रयोग गर्दै आएको जनाएको छ ।>>