काठमाडौँ : बीसीसीआईले सोमबार भारतीय पुरुष क्रिकेट टोलीको २०२४–२५ का लागि केन्द्रीय सम्झौता घोषणा गरेको छ ।>
यस पटक चार खेलाडीलाई ग्रेड ‘ए प्लस’ श्रेणीमा समावेश गरिएको छ । जसमा रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रवीन्द्र जडेजा रहेका छन् । >
ग्रेड ‘ए’ श्रेणीमा ६ खेलाडी, ग्रेड ‘बी’ श्रेणीमा पाँच खेलाडी र ग्रेड ‘सी’ श्रेणीमा १९ खेलाडी छन् ।>
>
मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल, हार्दिक पाण्ड्या, मोहम्मद शमी र ऋषभ पन्तलाई ग्रेड ‘ए’मा राखिएको छ ।>
ग्रेड ‘बी’मा सूर्यकुमार यादव, कुलदीप यादव, अक्षर पटेल, यशस्वी जैसवाल र श्रेयस अय्यरको नाम समावेश छ ।>
इशान किशन र श्रेयस अय्यर २०२४–२५ को लागि केन्द्रीय सम्झौतामा फर्किएका छन्।>
‘ए प्लस’ का खेलाडीलाई वार्षिक सात करोड भारतीय रुपैयाँ, ग्रेड ‘ए’को खेलाडीलाई पाँच करोड, ‘बी’ को खेलाडीलाई तीन करोड र ‘सी’ को खेलाडीलाई वार्षिक एक करोड भारतीय रुपैयाँ दिइने बीसीसीआईले जनाएको छ । >
>
>>>>>