सुनसरीमा साइकल यात्रीको ज्यान लिएर फरार ट्रक सिराहाबाट नियन्त्रणमा

Jasus Khabar 3945+ समाचार ( )
११ चैत्र २०८१

इटहरी ५ स्थित पूर्व–पश्चिम राजमार्गमा डिउटीबाट फर्किँदै गरेका एक सुरक्षा गार्डलाई ठक्कर दिने सवारी साधनको पहिचान भएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका सुरक्षा गार्ड गणेश पुरीको उपचारको क्रममा निधन भएको थियो।

इटहरी–५ मा आइतबार बिहान भएको यस दुर्घटनामा ३९ वर्षीय गणेश पुरीलाई अज्ञात सवारी साधनले ठक्कर दिएको थियो

उनी इटहरीस्थित महेन्द्र पेट्रोल पम्पमा राति सुरक्षा गार्डको रूपमा कार्यरत थिए र डिउटी सकाएर घर फर्किरहेका थिए।

दुर्घटनापछि उनलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको थियो। घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो ।


इटहरीका डिएसपी लक्ष्मी भण्डारीले ठक्कर दिने ट्रक नम्बर ना ८ ख ६६३२ रहेको बताए । ट्रकसगैँ चालक २७ वर्षीय रञ्जित चौलागाई समेत पक्राउ परेको उनले बताए ।


भण्डारीका अनुसार, चौलागाईलाई सिरहाको मिर्चैया स्थित इलाका प्रहरी कार्यालयसँग समन्वय गरी पक्राउ गरिएको हो । ट्रक चालकलाई कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

मृतक पुरीको परिवारमा पत्नी र दुई साना छोरीहरू रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार