नेपाल र वेष्टइन्डिजबीचको युनिटी कपको टिकटको मूल्य निर्धारण गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) आयोजकको रूपमा रहेको यो सिरिज दुबईस्थित शारजाह क्रिकेट मैदानमा हुनेछ।>
खेलको टिकट मूल्य यूएईको ५० दिरामदेखि ४०० दिरामसम्म तोकिएको छ। नेपाली मूल्यमा रुपान्तरण गर्दा १९२९ देखि १५ हजार ४३९ सम्मको टिकट काटेर समर्थकले खेल हेर्न पाउनेछन्।>
नर्थवेष्ट स्ट्यान्ड र नर्थ इष्ट स्ट्यान्डका लागि सबैभन्दा सस्तो ५० दिराम (१हजार ९२९ नेपाली रुपैयाँ) रहेको छ।इस्ट स्ट्यान्ड र वेष्टस्ट्यान्डका लागि ६० दिराम (२ हजार ३१५ रुपैयाँ) रहेको छ। >
>
गोल्डेन र प्लाटिनियम पेभिलियनको लागि १०० दिराम (३ हजार ८५९ रुपैयाँ) रहेको छ। वेष्ट भीआइपी सुइटका लागि सबैभन्दा महँगो टिकटको रूपमा ४०० दिराम (१५ हजार ४३९ रुपैयाँ) मूल्य तोकिएको छ। >
नेपालले पहिलो खेल असोज ११ गते खेल्नेछ। दोस्रो र तेस्रो खेल असोज १३ र १४ गते हुनेछ।>>