प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढीले वृद्धि भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.८५ अंकले बढेर २६५५.८५ विन्दुमा अडिएको छ।>
यो समयमा २९ स्क्रिप्सको १ हजार ५०० कित्ता सेयर ७ लाख २१ हजार १०५ रुपैयाँमा खरिदबिक्री भए। >
कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा ९ वटा घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।>
>>>>>