माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाट दिँदै त्रिवि

Jasus Khabar 1+ समाचार ( )
३ माघ २०८०

 त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू (ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि,करेक्सन) अनलाइन माध्यमबाट इ पेमेन्टको सुविधासहित यही मिति २०८० माघ १५ गते सोमबारदेखि सञ्चालन गर्ने निर्णय भएकोले सो को कार्यान्वयन विधिसहित विस्तृत जानकारी त्रिवि पनिका बल्खुले आफ्नो वेबसाइटमा माघ १० गतेका दिन प्रविष्ट गरिने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।


प्रतिक्रिया