तिब्बतमा भएको वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत रहन आग्रह

Jasus Khabar 3925+ समाचार ( )
१४ श्रावण २०८२

चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी आएको छ। बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ।

रसुवागढी क्षेत्रमा पनि पानीको बहाव बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ। गत असार २४ गतेको बाढीले रसुवागढीमा मितेरी पुल बगाउनुका साथै ठूलो मानवीय र भौतिक क्षति गरेको थियो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाल र चीनको सीमा रसुवागढी क्षेत्रबाट ठूलो बाढी आएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दा सचेत रहन भनेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति र उत्तरगया गाउँपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन टोली परिचालित भइसकेको छ। गाउँपालिका र प्रहरी प्रशासनले जारी सूचनालाई तत्काल कार्यान्वयनमा सहयोग पुर्‍याउन भनेको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार