धनकुटामा भर्याङबाट लडेर महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भर्याङबाट लड्दा धनकुटा नगरपालिका वडा नम्बर ७ समावेशी टोल बस्ने ६१ वर्षीया वर्तकुमारी राईको मृत्यु भएको हो।>
सोमबार राति घरको माथिल्लो तलामा जाने क्रममा राई भर्याङबाट अचानक लडी बेहोस भएकी थिइन्। अचेत अवस्थामा जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा राति ९:२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ।>
>