कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार (भदौ १७ गते)लाई स्थगित

Jasus Khabar 1+ समाचार ( )
१५ भाद्र २०८०

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार (भदौ १७ गते)लाई सारिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आज इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आइतबारको लागि सारिएको हो । शुक्रबार कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो ।

रिटको प्रारम्भिक सुनुवाइको बेला आफूले धारणा राखिसकेको बताउँदै न्यायाधीश खतिवडाले शुक्रबार सुनुवाइ गर्न अस्वीकार गरेका थिए ।

प्रतिक्रिया