ट्याक्टरले ठक्कर दिँदा हरिनगरको उमेश महतो निधन

Jasus Khabar 3925+ समाचार ( )
३० फाल्गुन २०८१

सुनसरी - हरिनगर गाउँपालिका वडा नं –४ मा ट्याक्टरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । इनरुवाबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्याक्टरले दिउँसो १ बजेतिर पैदलयात्री हरिनगर–४ का ३५ वर्षीय उमेश महतोलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका महतोलाई उपचारका लागि इनरुवा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक सप्तरीको कन्चनरूप नगरपालिका–४ का अन्दाजी ३४ वर्षीय रूपेश सरदारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

चालकको लापरबाही एवं ट्राफिक नियमको उल्लंघनका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी प्रहरीले दिएको छ

प्रतिक्रिया