थाइल्यान्डको बैंककबाट काठमाडौं आएकी ३० वर्षीया भारतीय महिला अवैध लागुऔषध ५ किलो गाँजासहित पक्राउ परेकी छन् । एयर एसियाको उडानबाट काठमाडौं ओर्लिएकी भारत मणिपुरकी लियाओन फुङथरलाई लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले ५ किलो थाई गाँजा बोकेकी थिइन् ।>
लागुऔषध गाँजा र कोकिन कारोबारमा संलग्न रहेर फरार भएका भएका अर्का भारतीय पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नयाँदिल्ली ठेगाना भएका ६४ वर्षीय अमरजित सिंह सन्धु छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता जनकबहादुर शाहीका अनुसार गत जेठ ८ मा बैंककबाट कोलम्बो हँुदै नेपाल आएको श्रीलंकीयन एयरलाइन्समा आएका कपिल भारद्धाजसहित २ जना भारतीय नागरिक अवेध लागुऔषधसहित पक्राउ परेका थिए ।>
प्रहरीले उनीहरूको साथबाट १८ किलो गाँजा र २.६५ ग्राम कोकिन बरामद गरेको थियो । पक्राउ परेका भारतीय नागरिकको बयानका क्रममा सन्धु पक्राउ गरिएको हो । सन्धु गत असार २९ मा काठमाडौं आएर लैनचौरको एक होटलमा बसेका थिए । सन्धु नै भारतीय नागरिकलाई लागुऔषध तस्करीमा लगाउने गिरोहको नाइके भएको प्रहरीले बताएको छ ।>
जसले अजरबैजानबाट कोकिन बोकेर नेपाल आए
४९ वर्षीय भारतीय नागरिक अब्दुस समाद जामिल मन्सुरी मुम्बई महाराष्ट्रका बासिन्दा हुन् । देखिने गरी उनको काम खासै केही छैन । २/४ पैसा आउने काम कसैले दियो भने उनी सजिलै गरिदिन्छन् । उनलाई कसैले अजरबैजान जान र एउटा झोला लिएर फर्कनका लागि प्रलोभन दियो । केही पैसा पाइने लोभमा उनी अजरबैजान पुगे र उनीहरूले भनेझै सुटकेस लिएर नेपाल आए ।>
यही असार २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लनासाथ उनी पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्ण कोइरालाका अनुसार विमानस्थलमा ओर्लनासाथ शंकास्पद गतिविधि देखाएका उनी प्रहरीको सुरक्षा चेकजाचका क्रममा पक्राउ परेका हुन् । उनको साथबाट ३ किलो ४०० ग्राम कोकिन फेला परेको छ ।>
असार २५ मा उनी कतार एयरवेजको उडानमार्फत काठमाडौं आएका थिए । प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा उनले आफूले बोकेको झोलामा अवैध लागुऔषध भएको विषयमा अनविज्ञता व्यक्त गरेका छन् । अजरबैजानमा भेटिएका एक व्यक्तिले झोला भारतसम्म पु¥याउन लगाएको उनले बताएका छन् । करिब साढे ३ तीन किलो कोकिनलाई पिठोजस्तै गरी प्लास्टिकको झोलामा लुकाएर ल्याएका थिए । उनी काठमाडौंबाट बसबाट मुम्बई जाने योजनामा थिए । उनले बोकेर ल्याएको कोकिन भारतीय बजारमा बिक्री गर्ने योजनाका साथ नेपालको बाटो हँुदै ल्याइएको प्रहरीको अनुमान छ । उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको एसएसपी कोइरालाले जानकारी दिए ।>
ooo
यही असार २२ मा पनि साढे ६ किलो सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ परेका थिए । थाइल्यान्डको बैंककबाट नेपाल आएका भारतीय नागरिक अवैध लागुऔषधसहित पक्राउ परेका थिए । शनिबार राति ११ बजे थाई एयरवेयजको फ्लाइटबाट काठमाडौं ओर्लिएका भारतीय नागरिक ६५ वर्षीय राकेश ओहावलाई त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको टोलीले पक्राउ गरेको हो । उनले ल्याएको लगेजमा ६.५ किलो सेतो हिरोइन लुकाइछिपाई राखिएको थियो ।
०००
लागुऔषध नियन्त्रण ब्युरो प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार, विदेशबाट हुने लागुऔषध कारोबार तथा तस्करीमा प्रायः विदेशी नागरिकको संलग्नता देखिने गर्छ । पछिल्लो समय लागुऔषध बोक्ने भरियाको बहानामा भारतीय नागरिकको संलग्नता बढ्दो छ । विदेशबाट नेपाल आइपुगेको लागुऔषध नेपालका लागि नभएर तेस्रो देश लैजानका लागि नेपालको बाटो प्रयोग हुने गरेको एसएसपी कोइरालाले बताए । >
>>>>
>>