नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले बुझाए जिल्ला प्रशासन लाई ज्ञापन पत्र

Jasus Khabar 3925+ समाचार ( )
९ वैशाख २०८२

सुनसरी  नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र वुझाएकाे छ । उक्त ज्ञापनपत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गर्दै हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार यादवले मुस्लिम समुदाय बिरुद्द आपत्तिजनक अभिव्यक्ति दिएकोमा नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजमा वितृष्णा पैदा गर्ने, सामाजिक सद्भाव बिथाेल्ने, खुलेआम मारकाट गर्छु भन्ने र समाजलाई अशान्त पार्ने कुनै पनि व्यक्ति, समूह वा गिराेहलाई सरकारले कानूनी दायरामा ल्याई कारवाही नगर्दा गृह प्रशासनकाे काम कारवाही प्रति प्रश्न चिन्ह खडा भएकाे छ भनेर जिल्ला प्रशासन सुनसरी मार्फत प्रधानमन्त्रीलाई कार्वाही गर्न नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले ज्ञापन पत्र बुझाएको संगठन सुनसरी जिल्ला अध्यक्ष तुफेल अहमदले बताए ।

वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राकाे क्रममा उत्पन्न तनाव र हिंसात्मक घटनाले सम्पूर्ण नेपाली जनताकाे ध्यान आकर्षित गर्याे । हतियारधारी युवाहरू साम्प्रदायिक बितण्डा मच्चाउँदै वीरगञ्ज छपकैयाँकाे मुस्लिम बस्तीमा पसेर हतियार नचाउँदै, मुस्लिमहरूका घर,पसल आदि ताेडफाेड गर्दै, मुसलमानहरूलाई धम्काउँदै आतङ्कीत शैलीमा सामाजिक सञ्जाल र मिडियाहरूले सबैका हात हात र घर घरमा पुर्याइसकेकाे ज्ञापन पत्रमा उल्लेख छ । शान्ति सुव्यवस्थालाई खल्बल्याउने जाेसुकै भए पनि कानूनकाे दायरामा ल्याएर सख्त कारवाही होस्, सम्राट् सेना, करणी सेना लगायतका अमुक सेनाहरूको गैर कानूनी गतिविधिहरू बन्द गरियोस्, मुस्लिम समुदायको छवि बिगाड्ने काम रोकियोस्, मुस्लिमकाे सामुदायिक सुरक्षाको प्रत्याभूति गरियोस् र वीरगञ्जमा हनुमान जयन्ति लगायत अन्य धार्मिक प्रदर्शनमा फरक रुट प्रयोग हुँदै आएकोमा यसपटक मुस्लिम बाहुल्य क्षेत्रबाट रुट निर्धारण गर्नु र योजनाबद्ध रुपमा केही अतिवादी युवाहरुले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतङ्क फैलाउन खोज्नु गम्भीर र षड्यन्त्रपूर्ण योजना भएको  र वीरगञ्ज घटनालाई भडकाउन खाेजिएकाे सर्लाही घर भएका सम्राट् सेनाका उपाध्यक्ष भनिएकाे कृष्ण सनातनी भन्नेले काठमाडाैँकाे एउटा सार्वजनिक कार्यक्रममा बर्मामा ५ लाख मुसलमानलाई मारेझैँ यहाँ पनि सबै मुसलमानलाई मार्ने धम्की पूर्ण अभिव्यक्ति दिए र समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदाय बीच एक अर्काप्रति सम्मान र भाई चाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भएकाले सम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनु र समस्याको तत्कालिक समाधान होइन दीर्घकालीन र दीगो  समाधान खोज्नुपर् संगठनकाे ज्ञापन पत्रमा उल्लेख छ । मुस्लिम समुदायप्रति बारम्बार भएको आतङ्ककाे अन्त गरी शान्ति सुव्यवस्था कायम गर्ने माग समेत राखि नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया