सुनसरी । टेरामक्स प्रकरणसँग जोडिएका विवादका विषय पुनः चर्चामा आएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा राजनीतिक बहस तीव्र बनेको छ। स्थानीय तहका बासिन्दा, किसान तथा युवाहरूले विकास, सेवा–सुविधा र जवाफदेहिताका विषयमा असन्तुष्टि जनाउँदै वैकल्पिक नेतृत्वको खोजी सुरु भएको बताएका छन्।>
स्थानीयवासीका अनुसार बाढी र डुबानबाट प्रभावित बस्तीहरूको समस्या दीर्घकालीन रूपमा समाधान नभएको गुनासो छ। डुबान प्रभावित क्षेत्रका केही बासिन्दाले विपद्पछि स्थलगत अनुगमन र राहत वितरण नभएको दाबी गरेका छन्। सुनसरी खोला चुनावी मुद्दा बन्दै आएको र समस्या समाधान नभएको बताएका छन् ।>
>
यस्तै, दूरसञ्चार सेवा कमजोर रहेको, टावर नरहने र नेटवर्क प्रभावकारी नचल्ने, समस्या अझै समाधान नभएको उनीहरूको भनाइ छ।>
>
यसैबीच, विपक्षी राजनीतिक कार्यकर्ताहरूले टेरामक्स प्रकरणसँग सम्बन्धित आर्थिक अनियमितताको आरोप लगाउँदै पारदर्शिताबारे प्रश्न उठाएका छन्।>
>
यद्यपि सम्बन्धित पक्षले यस्ता आरोपहरू अस्वीकार गर्दै आएका छन् र आफू विकास तथा पूर्वाधार विस्तारमै केन्द्रित रहेको दाबी गरेका छन्।>
>
राजनीतिक विश्लेषकहरूका अनुसार क्षेत्रीय मुद्दा, विपद् व्यवस्थापन, कृषक राहत र आधारभूत सेवाको पहुँच आगामी निर्वाचनको मुख्य एजेन्डा बन्ने देखिएको छ। उनीहरू भन्छन्, “मतदाताले यसपटक भावनात्मक भन्दा परिणाममुखी मूल्याङ्कन गर्न थालेका छन्।”>
>
टेरामक्स प्रकरणमा कार्कीले ३ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । >
>