लुक्लाका लागि उडेको समिट एयरको विमान पुनः काठमाडौंमा सुरक्षित अवतरण

Jasus Khabar 3958+ समाचार ( )
६ जेठ २०८२

काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुरक्षित अवतरण गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमान चालकले विमानलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए। बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो।

विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए। यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार