सप्तकोशी नदिमा हामफाल्न खोज्ने व्यक्तिको सुनसरी प्रहरीद्वारा सकुशल उद्धार

Jasus Khabar 3925+ समाचार ( )
२२ जेठ २०८२

सुनसरी । सप्तकोशी नदिमा हामफाल्न खोज्ने एक व्यक्तिलाई मंगलवार साँझ सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन्।


सुनसरीको ईटहरी उपमहानगरपालिका–७ निवासी ४१ वर्षीय रमेश मण्डलले कोशी गाउँपालिका–८ मा रहेको कोशी व्यारेज पुलबाट सप्तकोशी नदीमा हामफाल्न खोजेको देखेपछि प्रहरी चौकी कोशी व्यारेजबाट खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको हो।


प्रहरीका अनुसार घटना हिजो मंगलवार साँझ करिब ५ बजेर १५ मिनेटमा भएको हो। तत्काल घटनास्थलमा पुगेको प्रहरी टोलीले जोखिमपूर्ण अवस्थामा रहेका मण्डललाई पानीमा हामफाल्नुअघि नै नियन्त्रणमा लिएको थियो। उद्धारपछि उनलाई प्रहरी कार्यालयमा ल्याएर आफन्तलाई खबर गरिएको जनाइएको छ।


उद्धार गरिएको करिब एक घण्टापछि साँझ ६ बजे उनकी श्रीमती जिल्नि चौधरी मण्डलले बुझिर घर लगेकी छिन्।


प्रहरीले घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया