सुनका गरगहनासहित एक महिला पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
१७ आषाढ २०८२

 काठमाडौँमा गरगहनासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोसी गाउँपालिका ६ घर भइ भक्तपुर राधेराधे बस्ने ४२ वर्षीया दिलमाया मगर रहेकी छन्।

उनलाई सुनका गरगहना बेच्नेक्रममा संकास्पद लागेपछि काठमाडौँ १० बुद्धनगरको एक सुनचाँदी पसलबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका सूचनाअधिकारी अपीलराज बोहराले जानकारी दिए।

असार ३ गते उनले बुद्धनगरको सोही पसलमा सुनचाँदीका गरगहना राखी ११ लाख रुपैयाँ ऋण लिएकी थिइन्। फेरि १५ गते थप गरगहना लिएर थप रकम ऋण लिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

मगरमाथि ठगीसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया