बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
८ आषाढ २०८२

बर्दियामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–८, थानफेनाका १९ वर्षीय वसन्त बिसी छन् । उनी बारबर्दिया–१०, बैदीमा डेरा गरी बस्दै आएका थिए ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ ।  शनिबार (असार ७) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । बलात्कारको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया