सुनसरीमा भन्सार छलीको प्रयास विफल, सशस्त्रद्वारा लत्ताकपडा र मोटरसाइकल बरामद

Jasus Khabar 3945+ समाचार ( )
९ श्रावण २०८२

अजमल अन्सारी

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको छ।


सुनसरीको गढी गाउँपालिका–२ स्थित भमरी ईँट्टाभट्टा आसपासमा गस्तीमा खटिएको सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदीको कमाण्डमा रहेको १० जनाको मोबाइल टोलीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको सुपर स्प्लेण्डर मोटरसाइकलमा लोड गरिएको लत्ताकपडा सहितको सामान नियन्त्रणमा लिएको हो।


सशस्त्र प्रहरीले बरामद गरेको उक्त मोटरसाइकलको अनुमानित मूल्य १ लाख २० हजार र लत्ताकपडाको मूल्य ४ लाख १३ हजार ७ सय रहेको छ। कूल ५ लाख ३३ हजार ७ सय बराबरको मालसामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।


सामग्री नियन्त्रणमा लिएपछि आवश्यक कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।


सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको नियमित गस्ती, निगरानी र सूचना संकलनको प्रभावकारिताका कारण भन्सार छलीका गतिविधिहरु नियन्त्रणमा आइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार