इटहरी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले ११ वर्षपछि सुनसरीबाट पक्राउ गरेको छ।>
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बस्ने ३७ वर्षीय शम्भु सिक्तेन राईलाई इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायब निरीक्षक राजन खड्काको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।>
धनकुटा जिल्ला अदालतले २०७० साल पुस २४ गतेको फैसलामा उनलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको थियो।>
राई लामो समयदेखि फरार रहँदै आएका थिए। उनलाई २०८१ चैत ३ गते बिहान ९ बजे बराहक्षेत्रमै लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।>
>
पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याई कानुनी प्रक्रिया पूरा गरी सुनसरी जिल्ला अदालत इनरुवामा पेश गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।>
>
>>