जुम्लाको चन्दननाथ नगरपालिका - ७ मिचागाउँकी ५९ वर्षीया कर्मकली रावलले सदरमुकाम खलंगामा बिहीबार ७ केजी सिस्नु बेचिन्। उनले प्रतिकेजी ४ सय रुपैयाँका दरले सिस्नु बेचेकी थिइन्। लगत्तै दुई हजार ८ सय रुपैयाँ बुझिन्। बाटोको किनारा, खेतबारी र जंगलभरि खेर गैरहेको पोल्ने झार (सिस्नु) बेचेर जुम्लामा लाखौं रुपैयाँ आम्दानी भइरहेको छ।>
रावलले सिस्नुको धुलो बनाई 'सिस्नु पाउडर' बेचेर यो वर्ष एक लाख २० रुपैयाँ कमाइन्। रावलले यस वर्ष ३ क्वीन्टल सिस्नुको धुलो उत्पादन गरी जिल्ला बाहिर निर्यात गरेकाे बताउँछिन्।>
अझै उनको घरमा २० केजी सिस्नु बाँकी छ। गत वर्ष रावलले १ क्वीन्टल सिस्नु बेचेर ४० हजार रुपैयाँ कमाएकी थिइन्। ‘पहिलो वर्ष सिस्नुको धुलो बेचेर ३५ हजार रुपैयाँ कमाएपछि यो कार्यमा हाैसिएकी हुन्। उनले सिस्नु जुम्ला, कालिकोट, सुर्खेत, नेपालगन्ज, काेहाेलपुर र काठमाडौसम्म पुर्याउँछिन्।>
रावलका अनुसार सिस्नु प्रति पाउकाे १ सय रुपैयाँका दरले बेच्छिन्। उनले भनिन्, ‘सिमी, ओखर, स्याउ र आलु पनि बेच्ने गर्छु। सिस्नुको कलिला मुन्टा र फुल टिपेर केलाइन्छ र शीतल घाममा सुकाएपछि मिचेर धुलो पारिन्छ। सिस्नु पाउडर मेरा लागि राम्रो आम्दानीको स्राेत हो। धेरै जसाे म आफैं टिप्छु, टिप्न नपाए अरूले टिपेकाे किनेर ल्याउँछु।’>
प्रायःजसो छिमेकी जिल्ला कालिकोटको फाेई गाउँमै पुगेर सिस्नु टिप्ने, खरिद गर्ने कर्मकलीकाे दिनचर्या हो। उनले गाउँमै २ सय ५० खरिद गर्छिन्। किन? घरमै नातिनातिना स्याहारसुसार गर्ने उमेरमा रुपैयाँ कमाउन लाग्नु भन्ने साेधाइमा उनी उनको आँखाबाट वर्षाकाे झरीझैं दुखका आँसु झार्दे भनिन्, कारण हो बाबू, अपांग छाेराकाे उपचार खर्च जुटाउनु बाध्यता। बाबु,नत्र चाउरी परेका अनुहार ढलेकाे उमेरमा घरमै बसेर आराम गर्ने बेला रहर थिएन। सिस्नु सङ्कलनबाट आफूलाई चाहिने लुगाफाटो, दाल, चामल, नुनतेल घरमा दैनिकी चाहिने खर्च छुट्याउने र पैसा बाँकी रह्यो भने छाेराकाे उपचार खर्च जुटाउँछु।>
रावलले भनिन् ,‘घरमा कमाइ राम्रो छैन, आफ्नो खर्च आफैं कमाउनुपर्छ। यत्ति दुःख नगरे हुँदैन।’>
कर्मकलीका छाेरा हरिचन्द्र रावल २०७३ सालमा दुर्घटनामा परे। उनी ट्याक्टरमा बालुवा लिन जाँदा दुर्घटना परेका थिए। उनीसँगै ट्याक्टरमा बसेका एकजनाको मृत्यु भयो भने एकको खुट्टा भाँच्चियो।>
रावललाई भने नसामा समस्या देखियो। उनी उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज हुँदै भारतको लखनउसम्म पुगे। यस क्रममा उनको धेरै खर्च भयो तर अहिलेसम्म पूर्ण रूपमा सञ्चाे भने हुन सकेको छैन।>
दुर्घटनापछि उनको परिवारले घरखेत बेचेर काठमाडौं, बनेपा लगायतका धेरै अस्पतालमा पनि उपचारका लागि लगे तर सुधार भएन र उनीहरू त्यत्तिकै घर फर्किए।>
हरिचन्द्र रावलको झण्डै ९ वर्षदेखि घरमै छन्। छिट्टै लखनउ लिने योजना छ।हरिचन्द्रकाे, 'अहिले शरीरमै दिसापिसाब हुन्छ। दुवै खुट्टा चल्दैनन्, दाँया हात पनि चन्दैन, दिसापिसाब गर्न पेटमा पाइप जडान छ। अहिले त्यहाँ पनि घाउ बल्झियो। घाउ सफा गर्ने, औषधि खाने पैसा छैन।’>
कुनै आम्दानीको स्रोत छैन, भएको उसको नामको सम्पत्ति समेत बेचेर बस्ने घर पनि उपचारका लागि बैंकमा धितो राखिएको छ। छोराको दिसापिसाब स्याहार्न मात्र मासिक ३ हजार रुपैयाँ जतिको पञ्जा चाहिन्छ, २० हजारको औषधि चाहिन्छ। घाउ बल्झिँदै गयो। अहिले त ह्विलचेयर पनि छैन। बोकेरै अस्पताल घाउ सफा गर्न आवतजावत गर्न समस्या छ।’>
मासिक खाना जुटाउन पनि निकै गाह्राे छ। हरिचन्द्रका बुबा कर्मसिंह रावल पनि थला परेका छन्। यसले पीडामा झन् पीडा थपिएको छ। पेट र पायल्सको शल्यक्रियापछि झन् बिग्रेर दैनिक जीवनयापन गर्न कठिन छ। हरिचन्द्रको यस्तो हालत हुँदा बिचमै श्रीमती पनि छोडेर अर्काको विवाह गरेको परिवार स्रोतले बताउँछ।>
श्रीमतीले छाडेर गए पनि छोरी हरिचन्द्रको साथमा जेनतेन पढिरहेकी छन्। स्थानीय सरकारसँग उपचार खर्च माग नगरेका पनि होइनन् तर कहिले पनि सुनुवाइ भएन्।>>