सालकको खपेटोसहित एक जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१० अशोज २०८२

संरक्षित वन्यजन्तु सालकको खपेटो (ओखेटोपहार) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सालकको खपेटोसहित एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–५ बालापुरका ४७ वर्षीय किशोरीलाल थारु रहेका छन्। थारुले आफ्नो घर कोठामा सालकको खपटा लुकाई छिपाई राखेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

थारुको घर कोठामा खानतलासी गर्दा ३ किलो ९ सय ९० ग्राम सालकको खपेटो फेला परेको प्रहरीले जनाएको छ। 

फेला परेको खपेटो डिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार