संघीय संसद्को दुवै सदनबाट बजेट पारित

Jasus Khabar 1+ समाचार ( )
२८ आषाढ २०८०

संघीय संसद्को दुवै सदनबाट बजेट पारित भएको छ ।

बिहीबारको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

प्रतिनिधिसभाबाट असार १३ गते बजेट पारित भएको थियो ।

प्रतिक्रिया