विराटनगर महानगरपालिका नगरसभाको १६ औं अधिवेशनले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्ने भएको छ ।>
महानगरका अनुसार वीरेन्द्र सभा गृहमा आज हुने अधिवेशनले आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ४० लाख रुपैया बराबरको बजेट सार्वजनिक गर्न लागेको हो ।>
महानगरका अनुसार नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्दा उत्पादन तथा छिटो प्रतिफल दिने योजनाहरुलाई प्राथमिकतामा राखिएको छ ।>
त्यसैगरी, शिक्षा, स्वास्थ्यमा नगरवासीको पहुँच बढाउने कार्यक्रममा जोड दिएको महानगरले स्थानीय राजश्व बृद्धि र परिचालनमा योगदान पुराउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।>
त्यसैगरी, आउँदो वर्ष स्थानीय भाषा, धर्म, कला साहित्य संस्कृति जर्गेना गर्ने र स्थानीय स्रोत साधन र सीपको अधिकतम परिचालन गर्ने योजनालाई अघि बढाएको महानगरले जनाएको छ ।>
त्यसैगरी, लैंगिक समानता र सामाजिक समावेशिकरणलाई थप संस्थागत हुने योजना कार्यक्रममा समेत जोड दिएको महानगरले सेवा प्रवाह, सुशासन तथा संस्थागत विकासमा सहयोग पुग्ने कामलाई निरन्तरता दिएको छ ।>>