वीरगन्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका– २२ सिताराम चोकमा शुक्रबार बिहान सडकमा रोकिएको एचआर५५के ३९७१ नम्बरको ट्रकमा बा. प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। >
मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादव रहेका छन्।>
दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएकोमा नारायणी अस्पतालमा उपचारका क्रममा रामाकान्त र विजयको मृत्यु भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। गम्भीर घाइते २२ वर्षीय युवक विजयकुमार यादवको नारायणी अस्पतालमै उपचार जारी भइरहेको प्रहरीले जनाएको छ। >
ट्रकका चालक फरार भएकाले खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।>
>
>>>>
>>>>>