क्यानडामा कपिल शर्माको क्याफेमा गोलीबारी, खालिस्तानी आतंककारीले लिए जिम्मेवारी

Jasus Khabar 3959+ समाचार ( )
२७ आषाढ २०८२

 कमेडियन कपिल शर्माका फ्यानका लागि नराम्रो खबर आएको छ। २ वर्षको कडा परिश्रमपछि कपिल शर्माले श्रीमती गिन्नी चतरथसँग मिलेर क्यानडामा व्यवसाय सुरु गरेका थिए। 

दुवैले क्याप्स क्याफे नामक क्याफे खोले। रेस्टुरेन्टको कफी र खानाको स्वाद लिन ठुलो भीड लागेको देखेर कपिल र गिन्नी खुसी थिए।  तर क्याफे खोलेको केही दिनमै गोलीबारी भएको  खबर आइरहेका छन्।  

क्यानडामा कपिल शर्माको क्याफे रहेको भवनमा केही अज्ञात व्यक्तिले आक्रमण गरेका छन्। केही राउन्ड गोलीबारी भएको छ। आक्रमणकारी कारमा आएर गोलीबारी गरेको समाचारमा उल्लेख छ। तर घटनामा कोही पनि घाइते नभएको जनाइएको छ।  

खालिस्तानी आतंककारीले लिए जिम्मेवारी  

आतंककारी हरजीत सिंह लड्डीले यस गोलीबारीको जिम्मेवारी लिएका छन्। लड्डी भारतको एनआईएको मोस्ट वान्टेड आतंककारी हुन्। उनी बीकेआई (बब्बर खालसा इन्टरनेशनल) सँग सम्बन्धित छन् । स्रोतका अनुसार लड्डीले कपिल शर्माको पुरानो बयानका कारण  आक्रमण गरेको बताएका छन्।  

प्रतिक्रिया