रवि लामिछानेलाई सहकारी छानबिन समितिले बयानका लागि बोलायो

Jasus Khabar 1+ समाचार ( )
६ भाद्र २०८१

‘योग सम्बन्धसहकारी संस्था बचत रकम दुरुपमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ ।

लामिछानेलाई शुक्रबार बस्ने समिति बैठकमा बयानका लागि बोलाइएको सभापति सूर्य थापाले बताए । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।  बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको  भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि शुक्रबार नै बोलाइएको छ । 

यसैबिच बिहीबारको बैठकमा समितिले विभिन्न सहकारी र कम्पनीमा संलग्न रहने व्यक्तिहरूमध्ये तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल (पुरूष)लाई बोलाएर बयान लिएको छ ।  तत्कालीन अवस्थामा हर्बो कारोबारमा संलग्न उनी पछिल्लो समय सन्न्यासी बनेका छन् ।

प्रतिक्रिया