राजधानीको सिंहदरबार र वरपरका सरकारी निकायमा रहेका ४४१ साना गाडी तथा बस र ६०१ मोटरसाइकल/स्कुटर जलेका छन्।>
सम्बन्धित निकायको प्रारम्भिक तथ्याङ्क र गोरखापत्र दैनिकले गरेको स्थलगत अवलोकनअनुसार जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि शिक्षा, स्वास्थ्य, गृह, अर्थ, सडक विभाग, महान्यायाधिवक्ताको कार्यालयलगायतका निकायमा रहेका सरकारी सवारी साधन जलेका हुन्।>
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्>>>
>
जलेका सवारी साधनमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मात्र ४७ साना गाडी/बस र ७४ मोटरसाइकल/स्कुटर जलेका छन्।>
त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल, गृह मन्त्रालयका २५ गाडी र ३० मोटरसाइकल, शिक्षा मन्त्रालयका २६ गाडी र ४७ मोटरसाइकल, सडक विभागका ६५ गाडी र अज्ञात संख्यामा मोटरसाइकल जलेका प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।>
यसरी विभिन्न मन्त्रालय तथा कार्यालयका ४४१ सवारी साधन र ६०१ मोटरसाइकल/स्कुटर पूर्ण रूपमा नष्ट भएको प्रारम्भिक विवरण आएको हो।>
>>
>>
>>