सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–७ मा सामान्य भनाभनले उग्ररुप लिएपछि एक युवकले बन्दुक झिकेपछि स्थानीयवासी त्रसित बनेका छन्। बिहीबार दिउँसो घुस्की क्षेत्रमा भएको उक्त घटनामा सज्जाद अंसारीलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ।>
घटनास्थलमा रहेका स्थानीय प्रत्यक्षदर्शीले भने, “दुई जनाबीच सामान्य गफगाफ चलिरहेको थियो। एक्कासी स्वर ठुलो हुँदै गयो। हामीले त सानोतिनो भनाभन होला भन्ने सोचेका थियौं। तर अंसारीले बन्दुक निकाल्नासाथ सबै जना आत्तियौं।” उनले थपे, “गोली चल्न सक्ने डरले हामीले तुरुन्तै प्रहरीलाई खबर गर्यौं। प्रहरी आइपुग्नु अघिसम्म स्थिति निकै तनावपूर्ण थियो।”>
>
सूचना पाउनेबित्तिकै प्रहरी चौकी घुस्कीबाट खटिएको टोलीले तत्कालै घटनास्थल पुगेर अंसारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।>
>
एक प्रहरी अधिकारीले जानकारी दिंदै भने, “दुई जनाबीचको भनाभनमा बन्दुक निकालिएको सूचना पाएपछि टोली पठाइएको थियो। तत्कालै अंसारीलाई नियन्त्रणमा लिई बन्दुक बरामद गरिएको छ। अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर अनुसन्धान गरिदैंछ।”>
>
प्रहरीका अनुसार अंसारीले सार्वजनिक स्थानमा हातहतियार देखाएर डरत्रास फैलाएको, सार्वजनिक सुरक्षामा खतरा उत्पन्न गराएको र हातहतियार (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।>
>
प्रहरीले हालसम्म घटनामा अन्य कसैलाई चोटपटक लागेको विवरण भने प्राप्त नभएको जनाएको छ। अंसारीसँग उक्त बन्दुक कहाँबाट आएको हो भन्नेबारे अनुसन्धान अघि बढाइएको छ।>
>
स्थानीयवासीले यस्तो घटना गाउँमा पटक–पटक हुन थालेको भन्दै सुरक्षा व्यवस्था कडा पार्न माग गरेका छन्।>
>
Must be leagal punishment