बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ। >
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हिजोको १ लाख ८४ हजार ८०० रुपैयाँको तुलनामा ५०० रुपैयाँले बढेको हो। >
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ, जुन हिजोको १ हजार ९७० रुपैयाँको तुलनामा १० रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। >>