सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति

Jasus Khabar 1+ समाचार ( )
२६ श्रावण २०८०

सुनिल शर्मा पक्राउ प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । 

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो ? कानूनले पनि मिल्दैन । उहीले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ । त्यसको घोर आपत्ति जनाउँछु ।’




प्रतिक्रिया