बाँकेको कुसुममा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । घटनापछि पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको बा. प्र. ०१ – ६ क ३५९३ नम्बरको बसले भे ९ प ६४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका राप्तीसोनारी–९, ढकेरीका सुदिप सुवेदी (सुकदेव) को मृत्यु भएको हो।>
मोटरसाइकल चालक हिरासिंह वली घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। ११.४० बजे दुर्घटना भएको थियो। आफन्ती तथा स्थानीयले २।३० बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, कुसुममा घटना भएको थियो। त्यही नै बसेर स्थानीयले बाटो अवरुद्ध गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए।>
>>