अमेरिकामा कार दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । >
कार दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।>
भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे लुइसियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ । कार दुर्घटना १३ जुलाईको राति ९ बजेतिर भएको थियो । >
लुइसियाना राज्य प्रहरीका अनुसार, होन्डा एकर्ड कार यादवले चलाएका थिए । उक्त कारमा यादवसहित चार जना सवार थिए । प्रहरीका अनुसार, होन्डा गाडी सडकबाट चिप्लिएर रूखमा ठोक्किएको थियो । >
कारमा सवार अन्य दुई जनालाई भने उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यसैबीच, लुइसियाना टेक विश्वविद्यालयले दुई विद्यार्थीको मृत्युको घटनाबारे दु:ख व्यक्त गरेको छ ।>>