>
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका- ७ स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।>
घटनास्थलमा प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको बताइएको छ।>
>
प्रहरीको सक्रियतामा चोरीको घटना भएको करिब एक हप्तापछि बैशाख १६ गते घुस्की बजारस्थित एस ए मोबाईल पसलमा चोरीको मोबाईल लिएर आएको व्यक्तिलाई मोबाईल धनीले पहिचान गरी नजिकैको प्रहारी चौकी घुस्कीहाटमा जानकारी गराएका थिए।>
>
जानकारी पाउने बित्तिकै प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट हरिनगर गाउँपालिका-७ बस्ने २० वर्षीय सजिद आलमलाई पक्राउ गरेको छ। पक्राउ परेका आलम मिकाईल मियाँ जटका छोरा हुन्।>
>
प्रहरीले आलमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको जनाएको छ। पक्राउ परेका व्यक्तिको साथबाट चोरी भएको सेमसुङ र रेडमी मोबाईल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।>
>
>>