दाङमा श्रीमती र छोराको हत्या गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पीमलाल नेपाली पक्राउ परेका हुन् ।>
शनिबार मात्रै कार्यालयबाट बिदामा गएका नेपालीले २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । शनिबार घोराहीको सुपरलज होटेलमा बसेका नेपालीले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेर आफैँ प्रहरी कार्यालय पुगेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिए । आइतबार बिहान यो विषयमा विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । प्रहरी सेवामा १० वर्ष पूरा गरेका रुन्टीगढी गाउँपालिका वडा नं ९ रोल्पा घर भएका नेपालीले रुकुम चौरजहारी विवाह गरेका थिए ।>
उनी लामो समय बाँकेको नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी मंसिर १६ गते मात्रै सरुवा भएर दाङ आएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
>>