भ्रष्टाचारमा जुनसुकै दल, परिवार तथा पार्टी संलग्न भएपनि कारबाही हुन्छ ःगृहमन्त्री श्रेष्ठ

Jasus Khabar 1+ समाचार ( )
१३ श्रावण २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । त्यस्तै उनले मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको जिकिर गरे ।

भ्रष्टाचार र कमिसनले जरा गाड्दा राजनीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताए ।भ्रष्टाचार, बेतिथि र ठगी विरुद्धको अभियानले विश्राम नलिने पनि बताए ।

उनले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्नु आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार