अजमल अन्सारी >
सुनसरी । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा अल्पसंख्यक विभाग प्रमुख समेत रहनुभएका इकबाल अहमद (इफ्तखार हसन) ले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा सनातनीलाई कार्वाही हुनुपर्ने बताउनु भएको छ ।>
मुस्लिम समुदायलाई लक्षित गर्दै उपाध्यक्ष सनातनीले नेपाली मुस्लिमलाई सखाप पार्ने दिएको धम्कीपुर्ण अभिव्यक्तिप्रति पत्रकार अहमदले आपत्ति प्रकट गर्दै सरकारसँग कार्वाहीको माग गर्नुभएको हो ।>
>
समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदायबीच एक अर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भएकाले सम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।>
>
पत्रकार अहमदले कृष्णा सनातनी नामक व्यक्तिले सार्वजनिक रूपमा दिएको उक्त अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक समाजमा घृणा र द्वेष फैलाउने प्रयास भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको बताउनुभयो ।>
>
निवर्तमान केन्द्रीय सदस्य अहमदले राजावादी समर्थक, राष्ट्रवादी समुह र प्रजातान्त्रिक हण्डी खाएर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रवादीहरुको संविधान अनुसार सांसद बनेकाहरुको समेतको सहभागिता रहेको एक कार्यक्रममा अतिवादी समुहका कृष्णा सनातनीले नेपालको मुस्लिम समुदाय नै सखाप गरिदिने खुल्ला रुपमा अभिव्यक्ति दिएर राजाको शासन आए देशमा मुस्लिम सखाप पार्ने योजना स्पष्ट भएको बताए ।>
>
पत्रकार अहमदले भने,' मुस्लिम सखाप पार्ने राजतन्त्र नेपाली मुस्लिमलाई चाहिदैन । त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्रको अरु कुनै विकल्प हुन सक्दैन। मुस्लिम समुदाय विरुद्ध सखापै पार्ने अभिव्यक्ति दिने अतिवादीलाई कानुनी काठघारामा ल्याउनुको बिकल्प छैन। देशमा संविधान र कानुन रहेको जानकारी नागरिकलाई दिइयोस्।,' उनले भने ।>
>
पत्रकार अहमदले "यो अभिव्यक्ति केवल मुस्लिम समुदायमाथिको आक्रमण मात्र होइन, समग्र धार्मिक सहिष्णुतामाथि प्रहार हो," उनले थपे, "यसले सामाजिक एकतामा खलल पुर्याउँछ। त्यसैले अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउनु अपरिहार्य छ।">
>
हालसम्म प्रहरी प्रशासनले यसबारे अनुसन्धान थालिसकेको जनाइएको छ। साईबर अपराध महाशाखा अनुसार अभिव्यक्तिको सत्यता र त्यसको कानुनी पक्षको अध्ययन भइरहेको जनाएको छ ।>
>
नेपालको संविधानले धार्मिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरे तापनि त्यसको दुरुपयोग गर्दै कुनै समूह वा समुदायमाथि हिंसा भड्काउने प्रयास आपराधिक मानिन्छ। कानुनविद्हरुले पनि यस्तो अभिव्यक्ति आपराधिक मुलुकी संहिताअनुसार दण्डनीय हुने स्पष्ट पारेका छन्।>
>
मानवअधिकार, पत्रकार संघ तथा सामाजिक अभियन्ताहरूले पनि यस्तो अभिव्यक्तिको कडा भर्त्सना गर्दै राज्यलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्।>
>
सबैको जातजाति एउटै हो। सबैको धर्म एउटै हो। सबैलाई सम्मान गरौं। हामी सबै नेपाली मिलेर बसौँ। कसैलाई गाली नगर्नुहोस् हामी सबै नेपाली हो। तर नेपालमा इन्डियाबाट आएको मान्छेहरु नेपाली हैन इन्डियाको झण्डा नेपालमा जुलुसमा लगाउने यो चाहिँ राम्रो होइन। त्यही भएर हाम्रो देशको झण्डा राम्रो हो हामी सबै धर्मलाई मान र सम्मान गरौं। सबैको धर्म एउटै हो। कुनै मान्छे सुतिरहेको छ भने त्यसलाई नझकाउनु त्यही राम्रो हो। जाग्यो भने फेरि खतरा हुन्छ। एउटा कहावत छ हिन्दीमा सय हवा शेरको जगाना नही चाहिए। मुस्लिम ऐसा नाम उसभए टिप्पणी नही करना चाहिए कुरा चाहिँ बुझ्ने मान्छेले बुझ्छ गबर खाने मान्छेको त दिमागमा जाँदैन मेरो कुरा। किनभने त्यसको दिमागमा गोबर भरिएको हुन्छ राम्रो कुरा कहाँ जान्छ त्यसको दिमागमा