सुनसरीको कोशी गाउँपालिका–७ केरावारीस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान ९:४० बजे सवारी दुर्घटना भएको छ।>
सिन्धुलीबाट काकडभिट्टातर्फ गइरहेको मे १ ख १९९४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा बा प्र.०३-००१ क १०७४ नम्बरको ट्रकलाई ठक्कर दिएर पुनः विपरीत दिशाबाट आइरहेको प्र.०२-०३-००९ प ४६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।>
घटनामा परी चार जना घाइते भएका छन्। मोटरसाइकल चालक रौतहट गौर नगरपालिका–७ का २८ वर्षीय राजन पण्डितको छाती, कुम र दाहिने खुट्टामा चोट लागेको छ भने उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत छन्>
बसमा सवार सिन्धुली कमला नगरपालिका–९ की ३२ वर्षीया माया लामाको खुट्टामा सामान्य चोट लागेको छ भने धनुषा लालगञ्ज नगरपालिका–१० का ७६ वर्षीय कृष्ण पौडेल र ७६ वर्षीया सीता देवी पौडेलको खुट्टामा पनि सामान्य चोट लागेको छ।>
>
उनीहरू तीनै जनाको कोशी अस्पताल, भण्टाबारीमा उपचार भइरहेको छ।>
दुर्घटनामा परी बस चालक झापा अर्जुनधारा नगरपालिका–३ का ५५ वर्षीय मित्रसिं आलेमगर र ट्रक चालक सुनसरी इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय सिताराम बिकलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ।>
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।>>