सुनको भाउ ३ सय बढ्यो

Jasus Khabar 1+ समाचार ( )
१४ जेठ २०८१

सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ३६ हजार ९ सय रुपैयाँ थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८८० रुपैयाँ कायम भएको छ ।

जेठ ७ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ९४० रुपैयाँ पुगेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार