जहदा गाउँपालिकामा गउँपालिका स्तरीय हाजरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ

Jasus Khabar 1+ समाचार ( )
२९ भाद्र २०८०

मोरङ जिल्लाको जहदा गाउँपालिकामा गउँपालिका स्तरीय हाजरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

संवाद फाउनडेशन मोरङ को आयोजनामा ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा जहदा गाउँपालिका को सभाहल मा  कार्यक्रम  सम्पन्न भएको हो । विद्यार्थीहरुको क्षमता अभिवृद्धि, ज्ञान सुधार, प्रतिष्पर्धी बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताका लागि तैयार गर्ने उदेश्यले यस हाजरी जवाफ प्रतियोगिताको आयोजना गरिएको संवाद फाउनडेशन मोरङ संयोजक अभय मगरले  बताए ।

प्रमुख अतिथी जहदा गाउँपालीकाका अध्यक्ष जितेन्द्र प्रसाद साह का अनुसार  गा.पा. भित्र रहेका सम्पुर्ण बिद्यार्थीका चौर्तफी बिकासका लागि यस्ता खाले कार्यक्रमको आयोजना गर्न अती आवश्यक रहेको बताए । साथै गा।पा। भित्र रहेका सम्पुर्ण स्कुलका शिक्षक तथा शिक्षिकाहरुलाई समयमा बिद्यालय आउँन आग्रह समेत गरेका थिए ।

प्रतियोगितामा जहदा गाउँपालिका भरीमा रहेका श्री दुर्गा माध्यमिक विद्यालय जहदा (१) श्री बैरीया माध्यमिक विद्यालय जहदा(२, जनता माध्यमिक विद्यालय जहदा(२,  श्री लक्ष्मी माध्यमिक विद्यालय जहदा ३ श्री सार्वजनिक माध्यमिक विद्यालय जहदा ४ श्रि दुर्गा माध्यमिक विद्यालय जहदा(५, श्रि जनता माध्यमिक विद्यालय जहदा(६ र श्री महेन्द्र माध्यमिक विद्यालय जहदा(७ गरी जम्म ८ वटा स्कुलका बिद्यार्थी सहभागीता रहेको थियो ।

प्रतियोगितामा सहभागी स्कुलहरु मध्ये श्री दुर्गा माध्यमिक विद्यालय जहदा(५  ले प्रथम ,श्री महेन्द्र माध्यमिक विद्यालय जहदा ७ दितीय, श्री बैरिया  माध्यमिक विद्यालय जहदा(२ ले तृतय स्थान हासिल गरेका थिए ।

प्रतियोगीतामा सहभागी विद्यार्थीका लागि पुरस्कार सहित मेडल र ट्रर्फीको ब्यवस्ता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह , बिशिष्ठ अतिथी जहदा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष हन्ना सोरेन,  विशिष्ट अतिथि जहदा गाउँपालिका प्रमुख प्रशाशनिक अधिकृत सुरेन्द्र कुमार साह 

अतिथि सामाजिक विकास परियोजना जीवन विकास समाज का संयोजक पवन कुमार मलाहा र बिभिन्न स्कुलका स्कुल प्रतिनिधिहरु लगायत बिद्यार्थी र स्थानियहरुको ब्यापक उपस्थिती रहेको थियो ।कार्यक्रम  संवाद फाउनडेशन मोरङ संयोजक  अभय मगर को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया