प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

Jasus Khabar 1+ समाचार ( )
१५ अशोज २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन्। सोमबार अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा पत्रकार  गर्न लागेका हुन्। 

बाढी पहिरोबाट मुलुक आक्रान्त भइरहेका बेला सरकार प्रमुख मुलुक बाहिर रहेको, भ्रमण छोट्याएर मुलुक नफर्किएको, बाढी पहिरो प्रभावितहरूलाई समयमै राहत तथा उद्धार पुर्‍याउन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।


प्रतिक्रिया

सम्बन्धित समाचार