धन कमाउन विदेश गएका छोरा डम्बरबहादुर मगर कुवेतमा बिते। त्यसको तीन दिनमै घरव्यवहार सम्हालिरहेकी बुहारी विद्या मगरको पनि निधन भयो। छोरा–बुहारी एकैपटक गुमाउँदाको पीडाले बिछिप्त आमा मसिनी माया मगर आफैंलाई सम्हाल्न सकिरहेकी थिइनन्। तीन महिनाअघि मात्रै (गत जेठमा) श्रीमान् हबिहादुर मगरलाई गुमाएकी मसिनीको जीवनमा एकपछि अर्को परिवारका सदस्य गुमाउनुपर्दाका पीडा अनुमान गर्न पनि गाह्रो हुन्छ। >
उमेरले ६८ वर्ष पुगेकी मसिनीमाया मगरलाई आमाबुवा गुमाएका तीन नातिनीको अभिभावकत्वसमेत काँधमा थपिएको छ। धन कमाउन गएको छोरा काठको बाकसमा देख्दा उनको मात्र होइन आफन्त र मलामीको मन भक्कानिएको थियो। नरुने कोही थिएनन्। आफन्त र मलामीले सान्त्वना दिँदा पनि मसिनीका गहभरि आँसु थिए। >
>>