काठमाडौं महानगरपालिकाले सडक पेटीमा खरानी राखेर फोहोर गर्ने एक तन्दुरी होटललाई जरिवाना गरेको छ । >
महानगरपालिकाको नगर प्रहरी बलले वडा नम्बर १४ कालिमाटीस्थित लुम्बिनी तन्दुरी लज एण्ड होटेलले सडकपेटीमा खरानी राखेर फोहोरमैला गरेको भन्दै कारबाही गरेको हो । >
होटलका सञ्चालक हरिप्रसाद पौडेललाई ५ हजार जरिवाना गराइएको महानगरले जनाएको छ ।>>