भारतको छत्तिसगढमा भएको भिडन्तमा परी उच्च तहका माओवादी नेताहरू मारिएको भारतीय सुरक्षा फौजले जनाएको छ ।>
२१ मे मा भएको उक्त भिडन्तमा परी २७ जना माओवादी मारिएको सुरक्षा फौजले जनाएको छ । भारतका केन्द्रीय गृहमन्त्री अमित साहले यसलाई नक्सलवादी समाप्त गर्ने लडाईंमा एक उपलब्धि भएको बताएका छन् ।>
'नक्सलवादीहरू समाप्त गर्ने लडाईंमा यो एक ऐतिहासिक उपलब्धि हो । छत्तिसगढको नारायणपुरमा भएको एक अपरेसनमा हाम्रो सुरक्षा बलले २७ जना खुँखार माओवादीलाई मारिदिएका छन् । त्यसमा सीपीआई- माओवादीका महासचिव शीर्ष नेता तथा नक्सल आन्दोलनका मेरुदण्ड केशव राव उर्फ बसब राजू पनि छन्,' गृहमन्त्री अमित साहले भनेका छन् ।>>