सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रिया

Jasus Khabar 3925+ समाचार ( )
२० जेठ २०८२

जयकृष्ण यादव । इनरुवा

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिकाका प्रमूख केदार भण्डारीको अध्यक्षता र जिल्ला अधिकारी अधिकारी धर्मेन्द्र कुमार मिश्रको प्रमूख आतिथित्यमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको सामीका जिल्ला संयोजक धिरज भट्टराईले जानकारीले जानकारी दिनुभयो ।

सामी कार्यक्रम चौथो चरण अन्तर्गत आईतबार सुनसरी जिल्लामा कार्यरत चौकी एवं इलाका प्रहरी प्रमुखहरुसंग सुरक्षीत वैदेशिक रोजगारी र ठगी बारे अन्तरक्रीया कार्यक्रम सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नया श्रमका कानुन बारे प्रहरीहरुलाई जानकारी एवं निर्देशन प्रदान गर्नुभएको थियो ।

आप्रवासी कामदारहरुको आप्रवासन प्रक्रियाका सबै चरणहरु जस्तै उत्पत्ति स्रोत वा मूल, पारगमन र गन्तव्य देशहरुमा आइपर्ने सम्भावित जोखिमबाट सुरक्षित रहने क्षमताका बारेमा प्रहरीलाई जानकारी र प्रशिक्षण सहितको अन्तरकृया गरेको भट्टराईले जनाकारी दिनुभयो ।

स्वदेशमा रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जाने गरौं मुल नाराका साथ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसंगको अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको सभा हलमा सुरक्षित अप्रवासन कार्यक्रम (सामी) ले सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रजिअ मिश्रले बैदेशिक रोजगार ऐन, कानुन र प्रमुख जिल्ला अधिकारीको भूमिकाको बारेमा चर्चा गर्नुभयो । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयको भुमिका र प्रहरीले गरेको कामको विषयमा प्रहरी निरीक्षक पर्शुराम राईले प्रस्तुतिकरण गर्नुभएको थियो ।


आफ्नो प्रस्तुतिकरणमा सामिका जिल्ला संयोजक धिरज भट्टराईले वैदेशिक रोजगारीमा समस्यामा परेका ९३ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ६५ लाख ७१ हजार ३०० भन्दा बढी राहत रकम पाएको तथ्यांक प्रस्तुत गर्नुभयो ।

सामीको सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु १२ जना, जेलमा रहेको उद्धार ८ जना, पासपोर्ट ८७ जना, क्षतिपूर्ति सहित विभिन्न समस्यामा परेकाहरूले राहतस्वरुप उक्त रकम प्राप्त गरेको जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, अंगभंग, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा बैदेशिक रोजगार बोर्ड सहित निकायबाट सहयोगमा सहजिकरण गरेको विवरण प्रस्तुत गर्नुभयो । विदेशमा मृत्यु भएकाहरु मध्येका एक करोड चार लाख ७५ हजार रुपियाँ प्राप्त गरेको सामीका कार्यक्रम संयोजक भट्टराईले जानकारी दिनुभयो ।

यस्तै आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा, रिटर्नी स्वयंसेवक परिचालनमार्फत घर भेट तथा सूचना प्रवाहको कार्य प्रगति पनि उल्लेखनीय रहेको सामीका कार्यक्रम संयोजक भट्टराईले बताउनुभयो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरीका चार स्थानीय तहमा सञ्चालनमा छ ।

सामीले बैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, सूचना तथा परामर्श सेवा दिँदै आएको छ ।

१, सुनसरीको इनरुवा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रियाका सहभागीहरु ।

प्रतिक्रिया