नेपाललाई नेदरल्यान्डले दियो बलिङको निम्तो

Jasus Khabar 3925+ समाचार ( )
२२ जेठ २०८२

 आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो श्रृंखलामा नेपालले दोस्रो खेलमा आज नेदरल्यान्डसँग टस हारेर बलिङको निम्तो पाएको छ। 

डुन्डिमा नेदरल्यान्डका कप्तान स्कट इड्वार्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। 

नेपालले यही श्रृंखलाको पहिलो खेलमा स्कटल्यानडमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो। 

तालिकामा हेर्ने हो भने ८ देश सम्मिलित यस लिग २ को तालिकामा नेदरल्यान्डले २० खेलमा १२ जित ६ हार र २ खेलमा अंक बाँड्दै २६ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। 

नेपाल भने यही श्रृंखलाको १ जितले तालिकामा १ स्थान बढुवा हुँदै सातौं स्थानमा रहेको छ। नेपालले लिग २ मा १३ खेल खेल्दा ३ जित ८ हार र २ खेलमा अंक बाँड्दा ८ अंक जोडेको छ।

प्रतिक्रिया