भिसा दुरुपयोग गर्नेलाई आजीवन प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

Jasus Khabar 3925+ समाचार ( )
२७ श्रावण २०८२

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत अमेरिकाको भिसा नियम उल्लंघन गर्नेहरूप्रति कडा चेतावनी दिएको छ ।

दूतावासले फेसबुकमार्फत भिसाको सर्त उल्लंघन गर्नेहरूलाई आजीवन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइन सक्ने जानकारी दिएको हो ।

दूतावासले सामाजिक सञ्जालमा भनेको छ, ‘यदि तपाईं आफ्नो भिसामा दिइएको अनुमति अवधिभन्दा बढी समय अमेरिकामा बस्नुहुन्छ भने तपाईंलाई स्थायी रूपमा आजीवन अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइने सम्भावना रहन्छ ।’ यस्ता उल्लंघनमा ‘इमान्दार गल्ती’ भन्ने बहाना मान्य नहुने चेतावनी पोस्टमा उल्लेख छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता अमेरिकामा आप्रबासीहरूमाथि कडाइ गरिएको छ । आप्रबासी नियम उल्लंघन गर्नेलाई अमेरिकाले आफ्नै देश फिर्ता गर्ने गरेको छ ।

प्रतिक्रिया