हरिनगरमा एसईईको दुई र कक्षा ८ का ३ परिक्षा केन्द्र

Jasus Khabar 3925+ समाचार ( )
६ चैत्र २०८१

 मोहसिम अन्सारी इनरुवा /  सुनसरीको ग्रामिण भेग रहेको हरिनगर गाउँपालिकामा एसईईको परिक्षा दुई केन्द्रमा र कक्षा ८ का ३ केन्द्रमा संचालन भएको हाे। 

हरिनगरमा एसईईको सेन्टर श्री बाल कृष्ण माध्यमिक विद्यालय भुटाहामा र हरिनगरा उच्च माध्यमिक विद्यालय हरिनगरा सेन्टरमा एसईईको परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन भएको हाे। 


त्यसैगरी कक्षा ८ का परिक्षा हरिनगर-१ स्थित एभरेस्ट पब्लिक स्कुल भुटाहामा, हरिनगर-४ स्थित श्रीविद्यापति एकेडेमी हरिनगरामा र हरिनगर-५ स्थित श्री बसन्तपुर मावि वसन्तपुरमा बिहान ९ बजेदेखि १२ बजेसम्म परिक्षा संचालन भएको जिल्ला सुरक्षा जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ। 


हरिनगरका परिक्षा केन्द्रहरुमा एसईई परिक्षा र  कक्षा  ८ को बोर्ड परिक्षा शान्ति पूर्वक आज़ सम्पन्न भएको हरिनगर शिक्षा शाखाले जानकरी दिइएको हो।हरिनगरमा रहेका परिक्षा केन्द्रहरुमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा सुरक्षा प्रमुखहरु लगायत स्थानीय सरकारका प्रमुख हाजी गफार अन्सारी पत्रकार  नसिम अन्सारीको टोली सहीत अनुगमन तथा निरिक्षण गरीएको हो। 

प्रतिक्रिया