नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर

Jasus Khabar 1+ समाचार ( )
२३ भाद्र २०८१

नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार पढ्न लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८०  रहेका छन् ।

पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् ।

सरकारले पहिलो पटक २०६५ सालमा निरक्षर अभियानको सुरुवात गरेको थियो  । तर अभियान प्रभावकारी देखिएको छैन् । बहुभाषिक शिक्षाको प्रवर्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आइतबार ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा अभियानको समीक्षा सुरु भएको छ । 

साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ ।


प्रतिक्रिया