नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो

Jasus Khabar 3925+ समाचार ( )
२ जेठ २०८२

काठमाडौँको नागढुंगा प्रहरी जवानलाई कुट्ने र कुटाइखाने खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।  कुटाइ खाने र कुटपिटमा संलग्न दुवै प्रहरी कारबाहीमा परेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालले जानकारी दिए।  केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षक (इन्सपेक्टर) ले थानकोट बृत्तका एक जवानलाई कुटेका थिए।  नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले चासो देखाएको हो। तर, यो घटना कहिलेको हो, खुलेको छैन।

भिडिओ सार्वजनिक भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानविन सुरु गरिएको जनाएको छ।  कार्यालयले घटनामा संलग्न देखिएका इन्सपेक्टर र कुटाइ खाने प्रहरी जवान दुवैलाई सोधपुछका लागि बोलाएको छ। तर, प्रहरी जवान पिट्ने इन्सपेक्टर र कुटाइ खाने जवान दुवैको नाम भने कार्यालयले सार्वजनिक गरेको छैन।  प्रहरी वरिष्ठ उपरीक्षक खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुटपिट भएको सार्वजनिक भिडिओ तथा समाचारका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरुलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानविन भइरहेको व्यहोरा जानकारी गराइन्छ।’

प्रतिक्रिया