झापामा खैरो हिरोइन बेच्ने होलसेलर ब्यापारीलाई हानियो गोली ः प्रहरीको नियन्त्रणमा

Jasus Khabar 1+ समाचार ( )
१७ वैशाख २०८१

नेपाल भरि नै लागु औषध खैरो हिरोइन बिक्री गर्ने एक कारोबारीलाई गोली हानि नियन्त्रणमा लिएको छ । लाइभ न्यूजका पत्रकार सोनुकुमार दाससंग कुरा गर्दै एक प्रहरी अधिकृतले भने , झापाबाट आज देशको बिभिन्न स्थानमा खैरो हिरोइन पुरयाउने एक व्यापारि तयारी अवस्थामा रहेको प्रहरीले ट्रयाकिङ गर्दै आएको थियो । 

ट्रयाकिङ गर्दा , लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट प्रहरी नायब निरीक्षक बाल कृष्ण सन्जेलको नेतृत्वमा एक टोलि झापा हुइकियो । झापा गाउँपालिका कुमोरखोद ३ मा लागु औषध व्यापारी अब्दुल रसिद मिया बसेको स्थानमा प्रहरी नायब निरिक्षक संजेलले छापा मार्दा प्रहरी माथी नै मियाले धारिलो हतियारले प्रहार गर्ने पटक पटक प्रयास गरेका थिए ।  

प्रतिरक्षामा  प्रहरीले मियालाई पक्राउ गर्न खोज्दा ६ राउण्ड गोलि हानि  नियन्त्रणमा लिएको छ। पक्राउ परेका ३२ बर्षिय अब्दुल रसिद मियाको साथबाट १३० ग्राम लागू औषध खैरो हिरोईन बरामद गरिएको लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ। 

गोली प्रहारबाट अब्दुल घाइते भएका छन् । उनको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा दुई राउन्ड गोली लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

थप विवरण आउन बाँकी ...

प्रतिक्रिया